सनिउल्ला धोबी,कपिलवस्तु असोज २७
कपिलवस्तुको चन्ऽौटामा विजयादशमीको त्रयोदशीका अवसर पारेर भोली शुक्रवार बृहत सराय जात्रा निकालिने भएको छ । परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न र भाइचाराको सम्बन्ध विस्तार गर्न भोली दिउसो सराय जात्रा निकालिने बताइएको छ ।
२०६४ भाऽ ३० को कपिलवस्तु घटना पश्चात दसैंको त्रयोदशीको दिन घटनालाई विर्साउन पहिलो पटक निकालिएको सराय जात्रालाई यस वर्ष पनि भव्य रुपले मनाइने दुर्गा मन्दिर व्यवस्थापन समिति कोषध्यक्ष मेघराज रेग्मीले जानकारी दिनु भयो ।
विगत ९ वर्षदेखि मनाउादै आएको यो पर्वलाई निरन्तरता दिादै दशवौं पटक पञ्चेबाजा सहित चन्ऽौटास्थित दूर्गाभवानीको मन्दिरबाट वृहत सराय जात्राको अयोजना गरीएको हो
दूर्गा मन्दिरमा चढाइएको फूलपाती लिई पञ्चेबाजाको तालमा खुडा, खुकुरी, तरवार नचाउादै निकालिने सराय जात्रा चन्ऽौटा बजार परिक्रम गरी कर्णेश्वरी मन्दिरबाट फूलपाती लिई हाथमा घरेलु हथियार लिएर सराया खेल्दै नजिकैको जवाई खोलामा गई विसर्जन गरिने समाजसेवी हुमकान्त खनालले जानकारी दिनु भयो ।
यो पर्व पहाडी भेगमा धुमधामका साथ मनाउने भए तापनि तराईका विभिन्न जिल्लाका दुर्गा भवानी मन्दिरमा केही वर्ष यता शुरुवात गरी मनाउन थालिएको पाइन्छ ।
3