२८ भाद्र २०८१, शुक्रबार

उखुकाे उचित मूल्य नपाएकाे भन्दै कपिलबस्तु किसान संघद्धारा भाेली बन्दको आह्वान ।।

कपिलवस्तु चैत १२ ।।
कपिलवस्तु किसान संघले सरकारले किसानहरुको माग सम्बोदन नगरेको अरोप लगाउदै बन्दको आह्वान गरेकाे छ । संघका अध्यक्ष अनुप चौधरीले पटक पटक किसानहरुले राख्दै अाएको मागलाई सरकारले बेवास्ता गर्यो ,बाध्य भएर सडकमा उत्रनु पर्यो भन्दै भाेली बन्दकाे अवहान गरेकाे बताएका छन । उहांले महालक्ष्मी सुगर्स मीलमा ताला लगाउने, भोली चैत १३ गते देखी अनिश्चित कलिन चन्द्रौटा कृष्णनगर सडक खण्ड बन्द गर्ने बताउनु भएको छ ।

सरकारले उखु किसानहरुलाई दिने रु २ करोड ५० लाख रकम तिर्न आनाकानी गरेको उहाले अरोप लगाउनु भएको छ । उखु खरिद गर्दा महालक्ष्मी सुगर्स मील र किसानहरुसँग विगतमा गरिएको सम्झौताहरु कार्यन्वयन गराउन किसानहरुको माग रहेको उहाले बताउनु भएको छ । कुन्टलको दरले दिनु पर्ने भए पनि मिलले रु ४ सय ९२ मात्र दिने गरेको किसानहरुले बताएका छन । नेपाल सरकारको निर्णण अनुसार प्रती कुन्टल उखुको मुल्य रु २५ को दरले सरकारले नै अनुदान दिने सहमती भएको थियो । सो अनुदानको रकम वापतको रु २ करोड ५० लाख रकम सरकारले नदिएको भन्दै किसानहरु अन्दोलन स्वरुप कपिलवस्तु बन्दको अहावान गरेको बताएका छन ।

धेरै पटक सम्झौता भयो तर न सरकारले हाम्रो पिडा सुन्यौ, न मिल सञ्चालकले सुनुवाई गर्यो हामी त अन्ययमा परेको बताउनु भयो ।
महालक्ष्मी सुगर्स मिलले मनोमानी ढङगले अर्थिक बर्ष ०७३,७४ मा उखुको वास्तविक भुक्तानी रकम रु ५ सय ३१ प्रति क्विन्टल नगरेकाे दुखेसाे पाेख्दै चौधरीले किसानहरुको आप्नो पासीना बगाएर मेहनत गर्छ तर आप्नो मेहनतको प्रतिफल पाउदैन । उहाले भन्नुभयो जवाभारीमा रहेको महालक्ष्मी सुगर्स मील यहाबाट लैजानु किसानहरुको पेटमा लात हान्ने काम भैरहेको बताउनु भयो । त्यसैले सो मिल यहाबाट अन्य ठाँउ जानु हुदैन । यहाबाट अन्य ठाँउमा सार्नु सबैको लागि राम्रो कार्य नभएको बताउनु भयो ।
मिल मालिकले नाफा मात्र कामाउने अनि किसानहरुको पिडा नबुझने अर्का किसान प्रकास चौधरीले बताउनु
किसानहरुले सरोकारवालाको ध्यान अर्कषण गर्नका लागि कपिलवस्तु बन्दको घोषण गरेको उहाले बताउनु भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट