पूर्व प्रहरी महानिरिक्षक राणा द्वरा असिना ले क्षतिग्रस्त समुदाय मा आर्थिक सहयोग  प्रदान।

सेयर गर्नुहोस
अमित ठाकुर।रौतहट।चैत्र १२।
रौतहट जिल्लाको बिश्रामपुर गाबिस- ८ बृन्दाबन टोल मा राति एक्कासी आएको आँधी हुरीबतास तथा असिना ले लगभग ५०जना घरधुरी को घरको छानो टायल खपरा नष्ट भएको तथा ७० बिगाहा जग्गामा लगाईएको मक्कै गेहु मा क्षति पुर्याएको छ।
यस्तो दुःखद अवस्थामा दुखित जनताहरु लाई आज बिहान भेट गरी समबेदना प्रकट गर्नु हुदै तथा क्षति ग्रस्त समुदायमा रामसपा राष्ट्रिय उपाध्यक्ष एवं पूर्व प्रहरी महानिरिक्षक प्रदिप शमसेर राणा राहत स्वरूप नगद २५  हजार सहयोग गर्नु भएकोछ।साथै सरकार पक्ष र स्थानीय प्रशासन लाई दवाव दिई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएकोछ र अर्को प्रसंगमा वहाले आफू राजनैतिक दलका घटकका नाताले आम जनता समक्ष धारणा राख्नु हुदै भन्नु भएको थियो कि तपाई हरु ले चुनावमा असल स्वच्छ छवि भएको ब्यक्ति लाई जिताउने काम गर्नु होला किनभने दलाल लाई जिताउने काम गर्नु भयो भने दलालहरूबाट तपाईहरूको भलो नहुने ठोकुवा गर्नु भएकोछ। हुनत हाम्रो पार्टी तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बिना संविधान संशोधन को चुनावमा भाग नलिने र सरकारले जबर्जस्ती चुनाव गराए त्यसको कडा प्रतिकार गर्ने। र त्यसका लागि का तंपाईहरुपनि तैयारी का साथ रहनु हुन आग्रह गर्नु भएकोछ। त्यस्तै जिल्ला अध्यक्ष रामप्रवेश दास ज्यूले जिल्ला सरकारी निकाय बाट पाउनु पर्ने सहयोग मा आफ्नो अमुल्य भुमिका रहने प्रतिबद्धता व्यक्त गर्नु भएकोछ।
अर्को आर्थिक सहयोग गर्नु हुनेमा प्रसादी एकेडेमी च. पुर का प्रिन्सिपल संजिव काफ्ले ले ५ हजार र रामस्नेही यादव ले ४ हजार सयहोग गर्नु भएकोछ। त्यस्तै क्षतिग्रस्त स्थल मा मोर्चा का नेतागण राजकुमार दास, बृजकिशोर यादव, कौशर खान मिथिला लगायतका ले निरिक्षण  गर्नु भएकोथियो।