एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू

काठमाडौं : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी)का विषयमा धारणा बनाउने बताइएको छ।
बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकमा देशभर भएको सांगठनिक गतिविधिको अवस्था र आगामी स्थानीय तहको निर्वाचनका विषयमा पनि छलफल हुने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
एकीकृत समाजवादीको यही बैठक पर्खिन गठबन्धनमा आवद्ध दलहरूको बैठक आइतबारका लागि सारिएको छ। सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जति सक्दो छिटो एमसिसी संसदमा टेबल गर्न हतारिएको छ। नेकपा (माओवादी केन्द्र)ले एमसिसी टेबुल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले शनिबारको स्थायी कमिटी बैठकबाट निर्णय गर्ने जनाएको छ।
Facebook Comments Box
