कपिलवस्तु , असोज २७ । कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सगसगै परेकोले समाजमा सद्भाव कायम होस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी कार्यक्रमको अयोजना गरेका छन ।
कपिलवस्तुको शिवराज नगरपालिका पिपरीमा हिन्दुहरुको महान पर्व विजय दशमी र मुस्लीमहरुको मोहरम पर्वको अवसारमा सास्ंकृती कार्यक्रम नौटंकी कार्यक्रम अयोजना गरीएको हो। आप्नो संस्कृती,कला, संरक्षण गर्नका लागि नौटंकी कार्यक्रमको अयोजना गरिएको छ । गएराती पिपरीका स्थानियहरुको सक्रियतामा नौटंकी कार्यक्रमको अयोजना गरीएको हो ।
रातभरी अवधी भाषा, नेपाली भाषा, हिन्दी भाषा र भोजपुरी भाषाका भजन विराह, पुरान पुरान गितहरु गायर मनोरन्जन समेत गरिएको स्थानिय राज कुमार ठाकुरले बताउनु भयो । आप्नो कला संकृती लोप हुन थाले पछी दशैँ र मोहरमको अवसारमा सांस्कृतीक कार्यक्रम नौटंकी अयोजना गरीएको ठाकुरले बताउनु भयो । सबैमा आत्मीयताको अभावहोस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी अयोजना गरीएको पिपरीका असगार अलीले बताउनु भयो । नौटंकी नाच कार्यक्रममा पुरुषहरुले महिलाको पहिरनमा सजिएर नित्य गर्ने,पुराना गित भजनहरु गाउने, जोकरको भुमिका निर्वाह गरेर सबैलाई हसाउने समेत गरिन्छ । नौटंकी परापुर्वकाल देखी चल्दै आएको पराम्परा जर्गेन अहिले पिपरीवासी जुटेका छन । कपिलवस्तुको धर्मनगरमा रहेको जय श्रीराम संगित एवम् ड्रामा पाटीका कलाकरहरुले नौटंकीमा आपनो कला देखाएको जिमदार यादवले बताउनु भयो । नौटकी कार्यक्रममा नगारा, ढोला, तासा, हार्माेनियम लगायतका बाजाका बजाइन्छ । सो नौटकी कार्यक्रमका नेपालका नेताहरुको हस्याव्याङय मर्फत देश विकासमा होमिन आग्रह गरेको पिपरीका विस्मील्ल्लाह मुसालमानले बताउनु भयो ।कपिलवस्तुको धर्मनगरमा रहेको जय श्रीराम संगित एवम् ड्रामा पाटीका कलाकरहरुले नौटंकीमा आपनो कला देखाएको जिमदार यादवले बताउनुभयो।
3