१५ बैशाख २०८१, शनिबार

सरकार हाम्रो मागप्रति गम्भीर नरहेको आरोप

अान्दाेलनका थप कार्यक्रमहरु सार्वजनिक

अंकुश श्रीवास्तव/कपिलबस्तु ,चैत्र ८ । जिल्लाकाे बहादुरगंजलाई नगरपालिका केन्द्र कायम गराउन अान्दाेलित युवाहरुले सरकार गम्भीर नभएकाेले अान्दाेलनका थप कार्यक्रमहरु अघि बढाएका छन ।

जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायकाे पुनर्संरचनामा कृष्णनगर नगरपालिकाकाे सदरमुकाम बहादुरगंजलाई बनाउने निर्णय गरिपठाईएकाे थियोे , तर अहिले नया संरचनाकाे खाका अाउंदा नगरपालिकाकाे सदरमुकाम बहादुरगंज हटाएर साविक कै कार्यालय कृष्णनगर नै राखिएकाेले बहादुरगंज र वरपरका गाबिस अजिगरा, भिल्मी, पुरुषाेत्तमपुर,बिद्यानगर, भगवानपुर लगायतका युवा तथा स्थानियहरु अान्दाेलित भएका छन।

    अाज बसेकाे युवा क्लब समन्यव समितिकाे बैठकमा दुई घण्टे कृष्णनगर-चन्द्राैटा सडकखण्ड चक्काजाम, दिउसाे मैनबत्ती प्रज्वलन तथा कृष्णनगर नगरपालिकाका सबै वडा कार्यालयकाे कामकाज ठप्प गर्ने जस्ता अान्दाेलन गरेपछि पनि सरकार मागप्रति गम्भीर नभएकाेले थप अान्दाेलनका कार्यक्रम सार्वजनिक गरिएकाे छ।

     थप कार्यक्रममा भाेली चैत्र ९ गते सरकारलाई सदबुद्धि हाेस भनी बहादुरगंज चाैकमा हवनपुजन गर्ने, चैत्र १० गते प्रधानमंत्री र स्थानिय बिकास मन्त्रीकाे पुतला जलाउने र चैत्र ११ गते देखि गाउँ गाउँ जनचेेतनामुलक कार्यक्रम तथा हस्ताक्षर संकलन गर्ने जानकारी जनचेतना युवा क्लबका अध्यक्ष मनिष गुप्ताले जानकारी दिएका छन।

       अान्दोलन भन्दा पहिला जनचेतना युवा क्लब बहादुरगंज, जन बिकास युवा क्लब अजिगरा, भिल्मी बाल क्लब, हरियाली युवा क्लब पुरुषाेत्तमपुर, विद्यानगरकाे दिगाे बिकास युवा क्लबले सामुहिक रुपमा प्रधानमंत्री तथा स्थानिय विकास मंत्रीलाई केन्द्र बहादुरगंज नै कायमका लागि विज्ञप्ति दिएका थिए तर हालसम्म पनि संशाेधन नगरिएकाेले थप अान्दाेलन गर्नु परेकाे अान्दाेलनका सदस्य पवन हरिजनले बताएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट