१५ बैशाख २०८१, शनिबार

नयाँ शक्तिका नेता बढईमाथि आक्रमण

कपिलबस्तु –नयाँशक्ति पार्टी नेपालका अन्तरिम जिल्ला परिषद सदस्य एवम नयाँ विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्यमाथि आक्रमण भएको छ ।
आईतबार साँझ परिषद सदस्य चन्द्र बहादुर बढईलाई कपिलवस्तुका लालापति मुसलमानले धारिलो हतियार प्रहार गरी आक्रमण गरेका हुन् ।

मुसलमानले ज्यानमार्ने उद्देश्यले आक्रमण गरी गम्भिर घाइते बनाएर फरार भएको घटनाप्रति नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तुले विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ ।

कपिलवस्तु जिल्लाको पकडी गाविस वडानम्बर २ निबासी चन्द्रकुमार बढई आइतबार साँझ बजारबाट घर फर्कँदै गर्दा सोही गाविस वडानम्बर २ का मुसलमानले धारिलो हतियार प्रयोग गरी मरणासन्न हुने गरी बेहोस पारेका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट