१५ बैशाख २०८१, शनिबार

नगरपालिकाका केन्द्र बहादुरगन्ज भएन भने सशक्त आन्दोलनमा जाने चेतावनी

कपिलवस्तु, ७ चैत।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका केन्द्र बहादुरगन्ज राख्न माग गर्दै एक हप्ता देखी स्थानियहरु अन्दोलन गरिरहेका छन । बहादुरगन्जवासी जिल्ला प्रशासन कार्यलय मर्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, सडक अवरोध गर्ने, राजनितिक दललाई जानकारी दिने, स्थानियहरुसगँ अन्तरक्रीया जस्ता कार्य दिनहु गर्दै आएको बताएका छन ।
उनिहरुले विरोध स्वरुप आज दिउसो मैनबत्ती बालेर संकेतिक विरोध गरेकाे अमर श्रीवस्तावले बताए । पन्चयत कालमा बहादुरगन्जमा मालपोत कार्यलय , बाण्ज्यि बैक, सहकारी डिभिजन, अस्पाताल, खाजनी सेनाको गण रहेको स्थननको अस्तीत्व मेटाउन खोजीएको भन्दै स्थानियहरु दिनहु अन्दोलन गर्दै आएका छन ।
पहिले बहादुरगन्जलाई केन्द्र राख्ने सहमती भएको तर पछी कृष्णनगर तोकिएको भन्दै आफुहरु अन्दोलन गरेको बहादुरगन्जका मनिष गुप्ताले बताए । केन्द्र कायम गराउन आन्दोलित युवाहरुले आइतवार कृष्णनगर चन्द्रौटा सडकखण्ड दुईघण्टा चक्काजाम समेत गरेका थिए । नगर केन्द्र बहादुरगन्ज कायम गर्नका लागि स्थानिय लगायत राजनितक दल समेत एक जुट भएका छन।भाेली कृष्णनगर नगरपालिका भित्रका वडाहरुमा तालाबन्दी गर्ने कार्यक्रम रहेकाे र त्यसपछि पनि बहादुरगंजलाई केन्द्र बनाईएन भने झन सशक्त अान्दाेलन उत्रिने स्थानियहरुले चेतावनी दिएका छन ।
जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायको पुनर्संरचनामा कृष्णनगर नगरपालिकाको सदरमुकाम बहादुरगंजलाई बनाउने निर्णय गरेको थियो । नयाँ संरचनाको खाका आउँंदा नगरपालिकाको सदरमुकाम बहादुरगंज हटाएर साविककै कार्यालय कृष्णनगर नै राखिएपछि बहादुरगंज र वरपरका गाविस अजिगरा, भिल्मी, पुरुषोत्तमपुर, विद्यानगर, भगवानपुर लगायतका युवा तथा स्थानीय आन्दोलित भएका हुन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट