बाँकी रहेको १६ जिल्लाको अधिवेशन फागुन १३ गते

सेयर गर्नुहोस

काठमाडौं २९ माघ : नेपाली कांग्रेसले बाँकी रहेको १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ। कांग्रेस निर्वाचन समितिको शुक्रवारको बैठकले बाँकी जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो।

यसअघि विवादका कारण हुन नसकेको जिल्ला अधिवेशन माघ १५ का लागि तोकिएको थियो। कोरोना संक्रमण रोकथामका लागि सरकारले स्मार्ट लकडाउन गरेसँगै अधिवेशन स्थगित गरिएको थियो।

Facebook Comments Box