१५ बैशाख २०८१, शनिबार

मधेसी मोर्चाबाट बैठक बहिष्कार

काठमाडौँ,६ चैत । व्यवस्थापिका–संसद्को आजको बैठक पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले बहिष्कार गरे ।

आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै उनीहरुले सदनको बैठकमा सहभागि भएनन् । सभामुख ओनसरी घर्तीले सदनको आजको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आआफ्ना स्थानबाट उठेका थिए । सो क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले ‘राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले’ मधेसका जनतामा आक्रोश आएको आरोप लगाए । उनले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने जनाउँदै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गरे ।

सांसद यादवले आफ्नो भनाइ समाप्त गरेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु सदनको आजको बैठकबाट बहिरिएका थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट