१५ बैशाख २०८१, शनिबार

नगरकेन्द्र बहादुरगंज बनाउन भन्दै कपिलबस्तुमा चक्काजाम

अंकुश श्रीवास्तव

कपिलबस्तु ,चैत्र ६। जिल्लाकाे बहादुरगंजलाई नगरपालिका सदरमुकाम कायम गराउन अान्दाेलित युवाहरुले अाज दुई घण्टे चक्काजाम गराएका छन ।

जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायकाे पुनर्संरचनामा कृष्णनगर नगरपालिकाकाे सदरमुकाम बहादुरगंजलाई बनाउने निर्णय गरिपठाईएकाे थियोे । तर अहिले नया संरचनाकाे खाका अाउंदा नगरपालिकाकाे सदरमुकाम बहादुरगंज हटाएर साविक कै कार्यालय कृष्णनगर नै राखिएकाेले बहादुरगंज र वरपरका गाबिस अजिगरा, भिल्मी, पुरुषाेत्तमपुर,बिद्यानगर, भगवानपुर लगायतका युवा तथा स्थानियहरु अान्दाेलित भएका छन । अान्दाेलनकाे कार्याक्रममा अाज दुई घण्टे कृष्णनगर-चन्द्राैटा सडकखण्डमा यातायात बन्द पारिएकाे थियाे । पछि गाभिएका गाबिसहरु कृष्णनगरमा विलय हुन नमान्ने भएपछि अहिले अान्दाेलनकाे स्थिति सृजना भएकाे छ ।

अान्दोलन भन्दा पहिला जनचेतना युवा क्लब बहादुरगंज, जन बिकास युवा क्लब अजिगरा, भिल्मी बाल क्लब, हरियाली युवा क्लब पुरुषाेत्तमपुर, विद्यानगरकाे दिगाे बिकास युवा क्लबले सामुहिक रुपमा प्रधानमंत्री तथा स्थानिय विकास मंत्रीलाई नगर केन्द्र बहादुरगंज नै कायमका लागि विज्ञप्ति दिएका थिए तर हालसम्म पनि संशाेधन नगरिएकाेले स्थानिय युवा तथा सर्वसाधारणहरु समेत अान्दाेलनमा उत्रेका जनचेतना युवा क्लबका अध्यक्ष मनिष गुप्ताले बताएका छन । त्यसतै अजिगरा , भिल्मी, पुरुषाेत्मपुरका सर्वसाधारणलाई बहादुरगंज नै सहज हुने भन्दै जनबिकास युवा क्लबका अध्यक्ष पवन कुमार हरिजनकाे भनाई छ ।

दुई घण्टे चक्काजाममा बहादुरगंज लगायत वरपरका लगभग पांच सय जतिका सर्वसाधारणहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट