भारतको आतंकवाद विरोधी कानुनअन्तर्गत कास्मिरी पत्रकार पक्राउ

श्रीनगर । भारत नियन्त्रित कास्मिरस्थित एक स्वतन्त्र समाचार वेबसाइटका सम्पादक पक्राउ परेका छन् । भारतको आतंकवाद विरोधी कानुनअन्र्तगत दी कास्मिर वाल्लाका संस्थापक सम्पादक फहाद शाह पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई कास्मिरको पुल्वामा शहरबाट पक्राउ गरेको हो । सम्पादक शाहमाथि भारतको राज्यद्रोह गरेको र उनले भारतको आतंकवाद विरोधी कानुनको उल्लंघन गरेको आरोप लागेको छ । सो सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको सीएनएन न्युजमा खबर छ ।
दी कास्मिर वाल्लाद्धारा जारी विज्ञप्तीअनुसार सम्पादक शाहले सन् २०२० मा प्रहरीले मारेको छापासम्बन्धी श्रृंखलाबद्ध रुपमा समाचार प्रकाशित गरेका थिए । सो समाचार भारतको आतंकवाद विरोधी कानुनअन्र्तगत भएको र भारतको राज्यद्रोहसम्बन्धी भएको आरोप लागेको छ । शाहमाथि हालसम्म कुनैपनि किसिमको कारबाहि प्रक्रिया अघि नबढाइएपनि सो सम्बन्धमा अनुसन्धान अघि बढेको बताइएको छ ।
