चीनसंग विवाद रहेकाे ताइवानलाई अमेरिकाले १० करोड डलरको सैन्य उपकरण बिक्री गर्दै

सेयर गर्नुहोस
फाइल तस्बिर

ताइपेई ।चीनसंग विवाद रहेकाे ताइवानलाई करिब १० करोड (१ सय मिलियन) डलर बराबरको सैन्य उपकरण बिक्रि गर्ने सम्झौता अमेरिकाले स्वीकार गरेको छ । अमेरिकाले ताइवानलाई सो रकम बराबरको सैन्य उपकरण विक्रि गर्ने सम्बन्धमा सोमबार सो सम्झौता स्वीकार गरेको हो ।

अमेरिकी रक्षा विभागका अनुसार अमेरिकाले सो रकम बराबरको सैन्य उपकरण ताइवानको रक्षाका लागि उपलब्ध गराउन लागेको हो । ताइवानको सैन्य उपकरणअन्र्तगत इन्जिनियरिङ सेवा, रक्षा क्षेप्यास्त्र र प्रतिरक्षा हातहतियारहरु रहेका छन् ।

अमेरिकाले ताइवानलाई बिक्री गरेका सो सैन्य उपकरणहरुले ताइवानको सुरक्षा सुधार गर्ने अमेरिकी रक्षा विभागले जनाएको छ । अमेरिकाले उत्पादन गरेका प्रतिरक्षा क्षेप्यास्त्र र अन्य हतियारहरु बिक्रि सम्बन्धमा अमेरिकाले दिएको स्वीकृतीबारे आफुहरुलाई आधिकारीक सुचना प्राप्त भइसकेको मंगलबार ताइवानको विदेश मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box