१८ कार्तिक २०८१, आईतवार

मधेशी खेलाडीलाई उचित सम्मान गर्न नसकेको : मंत्री श्रीपाइली

जनकपुरधाम । युवा तथा खेलकुद मंत्री दलजित श्रीपाइलीले राज्यले मधेशी खेलाडीलाई उचित सम्मान गर्न नसकेको स्वीकार गरेका छन । मधेशी खेलाडी पनि राष्ट्रिय गहना हुन, दशैं, तिहार तथा छठको अवसरमा धनुषाको सबैलामा शुक्रवारबाट सुरु भएको राष्ट्रिय क्रिकेट प्रतियोगितालाई उदघाटन गर्दै मंत्री श्रीपाइलीले भने–“समावेशी तथा समानुपाति प्रतिनिधित्वको लागि मधेशी खेलाडीहरुले समेत जोड दिनु आवश्यक छ ।”

तराई मधेशमा खेलकुदको विकास गर्ने प्रवल संभावना देखिएको छ, मंत्री श्रीपाइलीले भने–“खेलकुदको विकासको लागि तपाईहरु योजना पेश गर्नुस, म आफनो ठाउंबाट सहयोग गर्न तयार छु ।” खेलकुदको विकासको लागि जनकपुरलाई केन्द्रित गरेर राष्ट्रिय स्तरको स्टेडियम तथा हरेक निर्वाचन क्षेत्रमा एकटा खेलकुद मैदान बनाउने लक्ष्यलाई अगाडि बढाएको उनले उल्लेख समेत गरे । सरकारले विद्यालयको खेलकुद मैदानलाई समेत प्राथमिकतामा राखेर मरमत संभार तथा विकास गर्ने लक्ष्यका साथ कार्यलाई अगाडि बढाएको उनले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता श्रवण यादव बरबरिया, रामचन्द्र मंडल, सांसदद्धय रामसिंह यादव र निशा साह, दिपक यादव, रोशन यादव, बोधमाया यादव लगायतका साथै क्लवका पदाधिकारी लगायतले शुभकामना मनतव्य राखेका थिए । सरस्वती मावि ठिल्ला सबैलामा सुरु भएको क्रिकेट प्रतियोगितामा धनुषाका १२, सिरहाका १ र महोत्तरीका १ वटा टिमको सहभागिता रहेको आयोजना मनोकामना युवा क्लवले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट