१५ बैशाख २०८१, शनिबार

प्रह्री र आन्दोलनकारी बिच झडपमा घाईते जमील भाँटको उपचारका क्रममा निधन

 नेपालगञ्ज ६, चैत । चैत्र १ गते प्रह्री र आन्दोलनकारी बिच नेपालगंज गुलरिया सडक खण्डमा भएको झडपमा परी घाईते भएका सोनपुर गाविस वार्ड नं. ८ बस्ने जमील भाँटको उपचारका क्रममा नेपालगंज मेडिकल कलेजमा निधन भएको छ ।              ७२ वर्षीय जमील भाँटलाई प्रह्रीले नियन्त्रणमा लिई आन्दोलनकारी भन्दै यातना दिएको स्थानीयहरुले आरोप लगाएका छन् । बाँकेमा मधेशी मोर्चाको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीको ठूलो समूहले स्थानीय समुदायको घरघरमा पसेर तोडफोड गरेका थिए । मोर्चासँग रिस फेर्न प्रहरीले सोनपुरका स्थानीय मधेशी समुदायका जनताको घरघरमा प्रवेश गरी तोडफोड गरेका थिए । तोडफोडका क्रममा अश्लील गाली गलौच गर्दै घरमा रहेका महिलाहरुलाई पनि प्रहरीले कुटपिट गरेको छ । प्रहरीको ज्यादतीपूर्ण कुटाईले महिलासहित दुई दर्जन स्थानीय घाइते भएका थिए ।

बाँकेको सोनपुरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जनतामाथि प्रहरी अन्धाधुन्ध अश्रुग्यास तथा लाठी प्रहार गर्दा ३० भन्दा बढी स्थानीय घाइते भएका थिए । सोनपुर का १. फारुख नाउ,२.इरफान साई (१० बर्षको बालक) ३.असलम भाट ४.रहमत उल्लाह ५.समीर खान ६.जब्बार भाट ७.मुश्ताक अलि शाह ८.मतीन खान ९.जमील भाट  लगायत दर्जनौ घाईते भएका थिए । शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरी ७ं राउण्ड गोली प्रहार गरेका थिए । प्रहरीको गोली कसैलाई नलागेको बताएका थिए ।

नेपालगञ्जदेखि करिब ६ किलोमिटर पश्चिम सोनपुरस्थित खजुरा–गुलरिया सडक खण्डमा प्रहरीले आन्दोलनकारी माथि अत्यधिक बल प्रयोग गरेको थिए । मंगलबार नेपालगञ्जमा एमालेले आयोजना गरेको मेचीकाली सभालाई सफल बनाउन एमालेको निर्देशनमा प्रहरीले स्थानीय जनतामाथि हदैसम्मको बल प्रयोग गरेको देखिन्छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट