काँग्रेस पत्तासाफ हुन्छ : केन्द्रीय सल्लाहकार पाैडेल

सेयर गर्नुहोस

कपिलवस्तु – एमाले केन्द्रीय सल्लाहकार ईन्द्रमणी पाैडेलले आगामि स्थानिय चुनावमा बुद्धभूमि र महाराजगन्ज नगरपालिकाबाट एमालेले जित हाँसिल गर्ने बताउनु भयो   । नेकपा एमाले बुद्धभूमि र महाराजगन्ज नगर कमिटिले संयुक्त रुपमा गरेकाे स्वागत तथा अन्तरकृया कार्यक्रममा बाेल्दै केन्द्रिय सल्लाहकार पाैडेलले दुबै पालिकामा काँग्रेस पत्तासाफ हुने दावि गर्नु भयाे । एमाले प्रबेशकाे लहर बढेकाे बताउँदै स्थानिय निर्वाचनमा जति दल मिले पनि हराएर छाड्ने बताउनु भयाे । कार्यक्रममा बाेल्दै प्रदेश कमिटि सदस्य टेकराज पाैडेलले एमालेले बुद्धभूमि र महाराजगन्ज नगरपालिकामा ठुला हस्तीहरु प्रवेश गर्न खाेजेकाे बताउनु भयाे ।

बुद्धभूमि नगरपालिका भष्ट्राचारकाे अखडा बन्दै गएकाेले अख्तियारले छापा हानेकाे र त्यहाकाे कालाे कर्तुत चाडै सार्वजनिक हुने टिप्पणी गर्नु भयाे । महाराजगन्ज नगर अध्यक्ष निजामुद्धिन खाँले स्वागत मन्तव्य राख्नु भएकाे थियाे । खाँले महाराजगन्जमा काँग्रेसलाई पत्ता साफ गरी एमालेले बिजयि गराउन आधार तयार भएकाे खुलस्त पार्नु भयाे । कार्यक्रममा बाेल्दै एमाले कपिलवस्तु जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले कपिलवस्तु जिल्लामा एमाले प्रति जनबिश्वास अझ बढेकाे बताउनु भयाे । अरु दलले जनजाति महिला , थारु समुदायलाई अपमान गर्दै नेतृत्वमा आउन नदिएकाे बताउनु भयाे ।

कार्यक्रममा प्रदेश सदस्य डम्वर शर्मा जिल्ला सदस्य पिताम्वर खनाल, निलकुमार श्रेष्ठ, नरहरी भट्टराई, माेहम्मद हुसैन चाैधरी, मन्जु थारु , रुपेश श्रेष्ठ, चुरामणी पाेख्रेल, खुम बहादुर थापा, हेमराज सुवेदी, गाेकर्ण पाेख्रेल, बलराम भुसाल, दिनेश बन्जाडे, धना गैरे, मन्जु पाेख्रेल, शाेभा कुमारी गाैतम, ईश्वरी प्रसाद खनाल, मामुद खाँ, चन्द्रा भट्टराई लगायतले मन्तव्य दिनु भएकाे थियाे । कार्यक्रम एमाले बुद्धभूमि नगर अध्यक्ष देबी बेल्वासेकाे अध्यक्षता र सचिव धुर्व वेल्वासेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

Facebook Comments Box