बेइजिङ ओलम्मिक : १५ स्वर्णको टुंगो लाग्यो

काठमाडौं : चीनको बेइजिङमा जारी शितकालीन ओलम्पिकमा १५ स्वर्ण पदकको टुंषे लागेको छ।
हालसम्म रुस ओलम्पिक कमिटी (आरओसी) पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
आरओसीले स्वर्ण, दुई रजत र दुई कास्य गरी जम्मा ६ पदक हात पार्न जितेको छ। नर्वेले भने दुई स्वर्ण र एक कास्य जितेको छ। स्वीडेनले पनि दुई स्वर्ण हात पार्न सफल भएको छ। जर्मनी र नेदरल्यान्ड्सले समान एक–एक स्वर्ण र एक–एक रजत जितेका छन्। जापानले एक स्वर्ण र दुई कास्य हात पारेको छ। अष्ट्रेलिया र स्लोभेनियाले समान एक–एक स्वर्ण र एक–एक कास्य पदक हात पारेका छन्। आयोजक चीन र न्यूजिल्यान्डले एक–एक स्वर्ण जितेका छन्।
अमेरिकाले तीन रजत पदकमा चित्त बुझाएको छ । अष्ट्रीया र इटालीले समान दुई–दुई रजत तथा एक–एक कास्य पदक जितेका छन् ।
क्यानाडाले एक रजत र एक कास्य तथा फ्रान्सले एक रजत हात पारेको छ । फिनल्यान्ड, हंगेरी र पोलान्डले समान एक–एक कास्य जितेका छन्।
