मेराे संसदीय क्षेत्रबाट केपी ओली आफै लडे जित्ना सक्दैन्न : सांसद शाह

सेयर गर्नुहोस

कपिलवस्तु , माघ २२ । जिल्लाकाे बहादुरगंजमा आयाेजित नेपाली कांग्रेसकाे पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माओली मेराे प्रतिसभा क्षेत्रमा स्वयं लडेपनि कांग्रेस नै जित्ने ठाेकुवा गर्नुभएकाे छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाका एक हजार बढी समर्थकका साथ स्वतन्त्र जितेका नगरप्रमुख रजत प्रताप शाहलाई पार्टी प्रवेश गराउन सफल भएका सांसद शाहले विश्वबाट विलुप्त हुँदै गएका कम्युनिष्टहरुलाई यस देशबाट पनि निकाल्नु पर्ने वक्तव्य समेत दिनुभएकाे छ । सांसद शाहले कम्युनिस्ट पार्टी नेकपा एमालेले संसद चल्न नदिएर बिकासका कार्यमा बाधा पुर्याउदै आएकाेले पार्टीकाे निर्णयलाई संसद मान्ने पार्टी याे देशका जनताले आउंदाे निर्वाचनमा जरैदेखि फ्याक्ने ठाेकुवा गर्नुभएकाे छ ।

काेविड संक्रमणकाे अवस्थाले गर्दा जनसभा गर्न नसकिएकाले कम समयमै हजारौं जना समर्थक तथा माओवादी, एमाले र जसपा लगायतका पार्टीका कार्यकर्ता समेत प्रवेश गराउनु भएकाेमा नगरप्रमुख शाहलाई धन्यवाद दिदै कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले सफल कार्यकालकाे शुभकामना दिनुभएकाे थियाे ।
कृष्णनगरकाे बहादुरगंजमा आयाेजित बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य , प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , अतहर कमाल तथा बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव श्रेष्ठ , कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह लगायत कांग्रेस पार्टीका विभिन्न पदाधिकारीकाे उपस्थिति थियाे ।

Facebook Comments Box