पूर्व-पश्चिम राजमार्गमा जनमत पार्टीको प्रदर्शन : सिरहाबाट २६ कार्यकर्ता पक्राउ

सेयर गर्नुहोस

काठमाण्डाै – प्रदर्शनका क्रममा गाडीमा तोडफोड गरेको आरोपमा सिरहाबाट जनमत पार्टीका २६ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरु विभिन्न ठाउँबाट पक्राउ परेका हुन् ।

पूर्व-पश्चिम राजमार्गको मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत ठाउँमा ढुङ्गामुढा गरी तोडफोड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो।

सिरहाको नरहा गाउँपालिका–३ नयाँ चोहर्वामा ना ४ ख १७९८ नम्बरको ट्याङ्करमा ढुङ्गामुढा गरी तोडफोड गर्ने क्रममा १३ जना र बाँकीलाई अन्य ठाउँबाट पक्राउ गरिएकाे उहाँले बताउनुभयो।

जनमत पार्टीले किसानका माग सम्बोधन नभएको भन्दै पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्दै आएको छ ।

Facebook Comments Box