चीनलाई बोकेर एमसीसीबारे भ्रम नफैलाउन प्रचण्ड-माधवलाई बाबुरामको चेतावनी

सेयर गर्नुहोस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन)बारे भ्रम नफैलाउन कम्युनिस्ट नेताहरुलाई चेतावनी दिएका छन् ।

चीनको चर्को ब्याज ऋणप्रति पनि अनुग्रहित हुने तर चीनलाई बोकेर नेपालका कम्युनिस्टले अमेरिकालाई पूर्वाग्रही व्यवहार गर्नु देशकै लागि घातक हुने, असन्तुलन हुनेतर्फ बाबुरामले सचेत गराएका छन् । उनले एमसीसी नलिने हो भने कुनै पनि दातृ निकाय र मित्र राष्ट्रको सहयोग लिन नहुने मत पनि राखेका छन् ।

परराष्ट्र नीति सबैलाई बराबर हुनुपर्नेमा जोड दिँदै बाबुरामले चीनको परियोजनाको जस्तो भए पनि स्वागत गर्ने र अमेरिकी सहयोग भन्ने वित्तिकै राष्ट्रवादसँग जोडेर भ्रम फैलाउने काम नगर्न उनले भनेका छन् । एमसीसी नेपालका कम्युनिस्टका निम्ति निर्णायक अग्निपरीक्षा बनेको भन्दै बाबुरामले राष्ट्रिय र विकास नीति सबै मित्र राष्ट्रका हकमा बराबरी हुनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकाको सहयोग नलिने तर चीनको सहयोग लिनु असन्तुलित परराष्ट्र नीतिको सन्देश हुने भन्दै यसले भविष्यमा सिंगो देशलाई अन्तर्राष्ट्रिय अफ्ठेरो पार्ने तर्फ सबै कम्युनिस्ट नेताको ध्यानाकर्षण गराएका छन् ।

‘नेपालका कम्युनिस्टका निम्ति निर्णायक अग्निपरीक्षा बाबुरामले भनेका छन्, पहिलो, राष्ट्रियता । जसमा भारत, चीन र अमेरिकासँग गतिशील सन्तुलन राख्ने कि एकापट्टी आश्रित बन्ने ?’ उनले पहिलो प्रश्न सबै शक्ति राष्ट्रलाई सँगै लिएर जाने कि चीनको मात्रै बुइँ चढ्ने भनेर प्रचण्ड, माधव, भीम रावल र उपेन्द्र यादवहरुलाई प्रश्न गरेका छन् ।

दोस्रोमा उनले विकास नीतिबारे सम्झाएका छन्, ‘जसअन्तर्गत अमेरिकी अनुदान सहयोग नलिने हो भने विश्व बैंक, एडीबी, आईएमएफसँग के गर्ने ?’ भनेर प्रश्न गरेका छन् । अमेरिकी पुँजी अछुत भए चीन, भारत र अन्यको सहयोग के हो भन्ने उनको प्रश्न छ ।

बाबुरामले कि कुनै पनि वैदेशिक सहयोग लिन नहुने तर कुनै देशको उक्साहटमा कुनै शक्ति राष्ट्रको सहयोग राष्ट्रवादसँग जोडेर लिन हुन्न भनेर भ्रम फैलाउन नहुनेमा सचेत गराएका छन् ।

Facebook Comments Box