प्रदेश १ का मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउने प्रयास

सेयर गर्नुहोस

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कालो झण्डा देखाउने प्रयास भएको छ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले मुख्यमन्त्री राईलाई काठमाडौंदेखि विराटनगर आउने क्रममा कालो झण्डा देखाउने प्रयास गरेका हुन्।

ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरूलाई कालो झण्डा देखाउन रोकेका थिए। तर, मुख्यमन्त्री राईको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरूले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए।

प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै गर्न अविलम्ब मिति तोकिनुपर्ने भन्दै केन्द्र र प्रदेशका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कामर्यक्रम अघि सारिएको अनेरास्ववियुका विद्यार्थीहरु बताउँछन्।

Facebook Comments Box