२१ बैशाख २०८१, शुक्रबार

आन्दोलनमा बालबालिका शिक्षाबाट वञ्चित नहुने :महतो

काठमाडौं, फागुन २६ गते ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अधिकारका लागि हुने मधेश आन्दोलनको क्रममा बालबालिकाहरुलाई पठनपाठनबाट वञ्चित नहुने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आन्दोलनबाट अध्यय्नअध्यापनलाई निष्प्रभावित तुल्याउन आन्दोलनका लागि कार्यक्रम तय गर्ने बेलामै गम्भीर विमर्श गरिने पनि बताए ।

शिक्षा क्षेत्रमा गत डेढ दशकभन्दा बढी समयदेखि काम गर्दैआएको आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले आन्दोलनको क्रममा पठनपाठन प्रभावित हुँदा त्यसको दीर्घकालिन असर पर्ने भएकोले आन्दोलन भइरहँदा यस विषयलाई संवेदनशील भएर ग्रहण गर्न आग्रह गरेको प्रत्युत्तरमा सदभावना अध्यक्ष महतोको सो भनाइ आएको हो ।

कार्यकारी निर्देशक यादवले २०६२ ०६३ को आन्दोलनको क्रममा विद्यालयहरु बन्द हुँदाको असर अद्यापि देखापरिरहेको भन्दै बन्द, हड्ताल आदि राजनीतिक गतिविधिको क्रममा शैक्षिक स्थल र क्रियाकलापलाई प्रभावित नगर्ने राजनीतिक दलहरुको औपचारिक प्रतिबद्धता रहँदैआएको पनि स्मरण गराए ।

कार्यकारी निर्देशक यादवले तमसपाका अध्यक्ष महेन्द्रप्रसाद यादवलगायत मोर्चाका अन्य नेताहरुलाई भेटेर कुनै पनि परिस्थितिमा विद्यालयलाई शान्तिक्षेत्रको रुपमा ग्रहण गर्न र शैक्षिक गतिविधिलाई निर्वघ्न सुचारु गर्न दलहरुले नै पहल गरिरहनुपर्ने आग्रह गर्ने भएका छन् ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट