पाकिस्तानमा हिन्दुहरु पछि अब दुई क्रीस्चियन धर्म गुरुको गोलि हानी हत्या

सेयर गर्नुहोस

काठमाडौं । पाकिस्तानमा दुई जना इसाई धर्मगुरु (पादरी)को अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

आइतबार एक चर्चामा प्रार्थना गरेर फर्किरहेका पादरी प्याट्रिक र विलियम सिराजको पाकिस्तानको उत्तरपश्चिम सहर पेशावर रिङ रोडस्थित केपीकेमा गोली हानेर हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त घटनापछि स्थानीय प्रहरीले सूचना र सिसि टिभीको आधारमा छानविन सुरु गरे पनि हमलाकारीबारे हालसम्म कुनै जानकारी नमिलेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी हालसम्म कुनैपनि समूहले लिएको छैन । घटनापछि क्रिश्चियन समुदाय विरोधमा उत्रिएको छ ।

पाकिस्तानको सबैभन्दा दोस्रो ठूलो धार्मिक अल्पसंख्यक समुदाय इसाई धर्मगुरु अजाक टिभी एण्ड इटरनल लाइफ चर्चका अध्यक्ष पास्टर अनवर फजलले यस जघन्य अपराधको निन्दा गर्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न प्रशासनसमक्ष माग गरेका छन् ।

दोषीलाई कारवाही नभए पाकिस्तानमा पाकिस्तानी इसाई समुदायले ठूलो मात्रामा विरोध प्रदर्शन गर्ने उनले चेतावनी दिएका छन् । केही स्थानमा क्रिश्चियनहरुले इमरान खान सरकारविरुद्ध प्रदर्शन पनि थालेका छन् ।

पाकिस्तानमा अल्पसंख्यक हिन्दु, इसाई र अन्य अल्पसंख्यक समुदायमाथि पटक पटक मुस्लिम कट्टरपन्थीले आक्रमण गर्ने गरेको छ । यसमा पाकिस्तानी सरकार भने मौन रहँदै आएको छ ।

Facebook Comments Box