२८ भाद्र २०८१, शुक्रबार

कपिलवस्तुमा मोर्चाको बन्दले दाेस्राेदिन पनि जनजिवन प्रभावित, बन्द खुलेपछी जनजीवन सहज बन्दै ।।

कपिलवस्तुमा फागनु २५,

मधेशी मोर्चाको बन्दले आज दोस्रो दिन पनि कपिलवस्तुको जनजीवन कष्टकर बनेको थियो ।

सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, बहादुरगन्ज, खरेन्द्रपुर महाराजगन्ज सहित दक्षिणी भेगका स्थानीय हाट बजार र कलकारखाना पूर्ण रुपमा बन्द रहयो । मोटरसाइकल बाहेक अरु गाडी चलेको थिएन । बेलुका ५ बजे बन्द खलेपछी जनजिवन समन्य बन्दै गएको छ । चन्द्रौटा, खरेन्द्रपुरमा रोकिएका सवारी साधन आप्नो गतव्य तिर लगेको मधेशी मोर्चा कपिलवस्तुले जानएको छ । मोर्चाका कार्यकर्ताले दिउँसो सदरमुकाम तौलिहवा खरेन्द्रपुरमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरुले तौलिहवाको जिविस चोक, बाल मन्दिर, नगरपालिका चोक लगायतका स्थानमा टायर बालेर विरोध जनाएका हुन् । बिहान पख सदरमुकाममा खुलेका केही पसल तथा होटलहरु पनि मोर्चाका कार्यकर्ताहरुले बन्द गराएका छन् । कपिलवस्तुको खरेन्द्रपुरमा संघीय समाजवादी फोरम नेपाल शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीको नेतृत्वमा अन्दोलन परिचालन गरिएको थियो । त्यस्तै खरेन्द्रपुरमा पुर्व मन्त्री इश्वर दयाल मीश्र, स्थनिय नेता गंगेश तिवारी, सतीष गुप्त,प्रभु यादव लगायतको नेताहरुले सडक बन्द गराएका थिए । कपिलवस्तुको चन्द्रौटामा सदभावना पाटीका केन्द्रिय सदस्य रवीदत्त मिश्रको नेतृत्वमा अन्दोलन गरीएको र बहादुरगंजमा रजत प्रताप शाह, राहुल सिहं तथा कृष्णनगरमा मोर्चाका अकरम पठान, सुर्य प्रताप सिहं, मंगल प्रसाद गुप्ता लगायतका कार्यकर्ताहरुले बन्दको नेतृत्व गरेका थिए । मोर्चाको बन्दलाई लक्षित गरि तौलिहवा, चन्द्रौटा, खरेन्द्रपुरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । र पूर्व पश्चिम राजमार्ग समेत आज दिन भरी बन्द भएका थिए । बेलुका ५ बजे बन्द खलेर अहिले समन्य बन्दै गएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट