मोदी सरकारको बजेटलाई सेयर बजारको स्वगत, उछालियो भारतीय सेयर बजार
नयाँदिल्ली । नरेन्द्र मोदी सरकारले ल्याएको चालू वर्ष २०२२/२३ को बजेटलाई भारतीय सेयर बजारले स्वागत गरेको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले करिब २ घन्टा लगाएर गरेको बजेट भाषणलाई भारतीय सेयर बजारले स्वागत गरेको हो ।
बजेट भाषण लगत्तै बम्बइ स्टक एक्सचेञ्ज (सेन्सेक्स) ८७९ अंकले बढेर ५८ हजार ८९३ अंकमा पुगेको छ । यस्तै, नेश्नल स्टक एक्सचेञ्ज (निफ्टि) २३४ अंकले बढेर १७ हजार ५७४ अंकमा पुगेको छ ।
वित्त मन्त्री सितारमणले बजेट भाषण गर्दैगर्दा सेयर बजारमा निरन्तर उछाल आइरहेको थियो । लोकसभामा बजेट भाषण चल्दै गर्दा सेन्सेक्स बढेर ९०० अंकसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने
भारतको केन्द्रीय बैंक रिर्जभ बैक अफ इन्डियाले सन् २०२२–०२३ मा डिजिटल मुद्रा ल्याउने भएको छ । भारतको माथिल्लो सदन लोक सभामा मंगलबार बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री निर्मला सीतारमणले सो जानकारी दिएकी हुन् ।
केन्द्रीय बैंकले ल्याउने डिजिटल मुद्राले डिजिटल अर्थतन्त्रलाई ठुलो टेवा दिनेछ । डिजिटल मुद्रा बढी सस्तो र प्रभावकारी मुद्रा व्यवस्थापन प्रणाली हुनेछ,’ सीतारमणले भनिन् । ब्लकचेन र अन्य प्रविधि प्रयोग गरेर डिजिटल मुद्रा ल्याउने भएको उनले बताइन् । डिजिटल मुद्रा प्रणालीले सरकारको ‘डिजिटल इन्डिया’ कार्यक्रमलाई एउटा ठुलो सहयोग मिल्ने जनाइएको छ ।
