६ जेष्ठ २०८१, आईतवार

संयुक्तलोकतान्त्रिक मधेशी मोर्चा द्वारा कपिलवस्तु आज पनि बन्द

कपिलवस्तु, २५फाल्गुण। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा द्वारा सप्तरी घटनाको विरोध गर्दै गरेको मधेश बन्दक़ो आज दोस्रो दिन कपिलवस्तु पूणॆ रुपले बन्द गरिएको छ।

केपी ओली चोर देश छोड, नेपाल सरकार मुर्दावाद, भनेर नारा लगाउँदै बजार परिक्रमा गरिरहेका छन्।सोमबार सप्तरीमा भएको मानवसंघारको घटनाको विरोध गर्दै आज दोस्रो दिन बूधवार पनि कपिलवस्तु पूर्ण रुपमा बन्द गरेका छन्।

कपिलवस्तुको सदरमुकाम तौलिहवा ,बहादुरगंज,कृष्णनगर, चन्द्रौटा, महराजगंज,पकडी लगायतका मुख्य चौकहरुमा मोर्चाका कार्यकर्ता तथा नेताहरुले बन्द गराउदै हिंडेका छन्। कपिलवस्तुको सदरमूक़ाम तौलिहवाको चौकचौकमा मधेशी मोर्चाका कार्यैकर्ताहरुमा सप्तरी घटनाको आक्रोशमा टायर बालेर प्रर्दाशन गर्ने कार्य गरिरहेका छन्।कपिलवस्तुको सदरमूक़ाम तौलहवामा पान चियाक़ो पसल पनि खूलेक़ो छैन।

धेरै कमेन्ट गरिएका