नारायणहिटीलाई शुद्ध बनाउन महायज्ञ
कुँवरका अनुसार संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले महायज्ञको साइत जुराएको र डा. बाबुराम रिजाल प्रमुख वाचकका रुपमा रहने आयोजकले बताएका छन् । होमहोमादिको नेतृत्व दक्षिणकाली गुरु शैलेन्द्र श्रेष्ठले गर्नेछन् ।
अहिले विभिन्न कोणबाट महायज्ञबारे भ्रम सिर्जाना गर्न खोजिएको भन्दै कुँवरले विशुद्ध देश र जनताको कल्याणलाई केन्द्रमा राखेर महायज्ञ हुन लागेको बताए । मुलुकमा शान्ति, भ्रातृत्व, सुव्यवस्था, सहिष्णुता कायम गर्न सहयोग होस् भन्ने पवित्र उद्देश्य र कामना सहित महायज्ञ गर्न खोजिएको उनको दावी छ ।
महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेरबहादुर देउबाबाट गर्न निमन्त्रणा गरिए पनि उनीहरूको सहभागिता निश्चित भने भइनसकेको आयोजकले बताएको छ । महायज्ञमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित सबै संवैधानिक निकायका पदाधिकारी र दलका शीर्षस्थ नेतालाई पनि आमन्त्रण गरिएको छ ।
२१ जना ब्राम्हणहरुबाट होम हाल्ने गरी हुने महायज्ञमा कोरोना महामारीको कारण भीडभाड गराउने खालको भजनकीर्तन सहितका कार्यक्रम नराखिएको संयोजक कुँवरले बताए ।
