राष्ट्रिय सभाको बैठक स्थगित

सेयर गर्नुहोस

काठमाण्डाै – भाेलि साेमवार माघ १७ गते बस्ने तय भएको राष्ट्रिय सभाकाे बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज आइतवार निकाल्नुभएकाे सूचनामा साेमवारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ ।

‘राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावाली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, विज्ञप्तिमा भनिएकाे छ ।

Facebook Comments Box