७ जेष्ठ २०८१, सोमबार

एमालेको सभास्थल बाहिर मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी । एमालेको सभास्थल बाहिर मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ।

कार्यक्रमलाई बिथोल्न मोर्चाका कार्यकर्ता अगाडि बढपछि प्रहरीले रोक्न खोज्दा सभास्थल औद्योगिक क्षेत्रको पूर्वपट्टीको गहुँ बारीमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन्। प्रहरीले भीडलाई तितरबितर गर्न केही शेल अश्रुग्यास पनि प्रहार गरेको छ।
एमालेको मेची–महाकाली अभियानको टोलीले कार्यक्रम गरिरहेको छ। सभालाई एमाले नेता माधवकुमार नेपालले सम्बोधन गरिसेका छन्।

धेरै कमेन्ट गरिएका