कपिलबस्तुमा ट्रयाक्टर पल्टिदा २ जनाकाे मृत्यु ।।
अंकुश कुमार श्रीवास्तव
कपिलबस्तु । जिल्लाकाे कृष्णनगर -चन्द्राैटा सडक खण्डमा दिउसाे ट्रयाक्टर पल्टिदा दुई जनाकाे ज्यान गएकाे छ ।
कृष्णनगर नगरपालिका भित्र पर्ने घाेरईनाला पुल नजिकै लु१त ५४०३ नम्बरकाे ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा घटनास्थल मै दुई जनाकाे ज्यान गएकाे इप्रका कृष्णनगरले जनाएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वडा नः१ सेमरा निवासी ट्रयाक्टर चालक बर्ष ४६का साहु मनिहार र वडा नः३ छिताैनीका २५ बर्षीय संताेष यादव रहेका छन । दुबैजनाकाे टाउकाेमा चाेट लागेर मृत्यु भएकाे शिवराज अस्पताल प्रशासनले जानकारी दिएकाे छ ।
Facebook Comments Box