समयथान र नेपाल आदर्श बहुमुखीमा राप्रपा बिजयी

सनिउल्ला धोबी, कपिलवस्तु फागुन १८

कपिलवस्तुको शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा भएको स्बतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा राष्ट्रिय प्रजातन्त्र पाटी निकट प्रजातन्त्रीक विद्यार्थी संगठनका राजत गुप्ताले सभापती पदमा जित हासिल गरेका छन । समयथान बहुमुखि क्यामपस खरेन्द्रपुरमा  राप्रपा उम्मेदवार बासु केसी सभापतिमा बिजयी भएका हुन ।

गुप्ताले ६१ मत ल्याई सभापती पदमा विजयी भएका हुन । सभापतीको प्रतिद्धन्दी अखील नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारी (विप्लव) को सयुक्त प्यानलका सभापतीका उम्मेदवार अशोक पोखरेलले ५६ मत, नेपाल विद्यार्थी संघका सुनिल थापाले २५ मत, अनेरास्वावियु क्रान्तिकारी विद्यार्थी शिसिर लामिक्षानेले २२ मत मात्रा प्रप्ता गरेका थिए । त्यस्तै सचिव पदमा राष्ट्रिय प्रजातन्त्र पाटी निकट प्रजातन्त्रीक विद्यार्थी संगठनका मर्शाल आचार्यले ५४ मत ल्याई विजय भएका छन ।

उनको प्रतिद्धन्दी नेपाल विद्यार्थी सघका दिपेन्द्र मौर्या ५० मत, अखील नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारी (विप्लव) को सयुक्त प्यानलका सचिव पदका उम्मेदवार रजिव सेनले ४४ मत ल्याएका थिए । अनेरास्वावियु क्रान्तिकारी विद्याथीका निवेश पुन मगर १५ मत ल्याएका थिए । कोषाध्यक्ष पदमा अखील नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारी (विप्लव) को सयुक्त प्यानलका उम्मेदवार अनुप केसी विजयी भएका छन ।

त्यस्तै सदस्यहरुमा अखील नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारी (विप्लव) को सयुक्त प्यानलका सबै सदस्य विजयी भएका छन । सदस्यहरुमा सरिता खत्री, अमृता रेग्मी र शारदा भण्डारी विजयी भएका छन । समानुपातिक तर्फ अनेरास्ववियु ५७ ले मत, राप्रपा ४९ ले मत, नेबिसंग ३२ मत,अखिल क्रान्तिकारी १४ मत र बिप्लवले ६ ल्याएको थियो ।

नेपाल आदर्श बहुमुखी क्याम्पसमा १९६ बिद्यार्थी रहेका छन । आजको निर्वाचनमा १७५ मत मात्रा खसेको निर्बाचन समितिले जनाएको छ । जस मध्ये १७ मत बदर भएको थियो ।

त्यसैगरी समयथान बहुमुखि क्यामपस खरेन्द्रपुरमा ५५ जना बिद्यार्थी मध्ये ५१ जना बिद्यार्थीले मतदान गरेका थिए । प्रत्यक्ष तर्फ राप्रपा उम्मेदवार बासु केसी सभापतिमा बिजयी भएका छन । नेकपा एमाले निकट अनेरास्ववियुबाट सचिब कृष्ण घिमिरे, कोषाध्यक्षमा बिनिता गौतम र सदस्यमा मधु भुसाल, नेहा पान्डे, बिरेन्द्र गुप्ता बिजयी भएका छन । राप्रपाका सभापति बहेक अन्य पदमा नेकपा एमाले निकटका बिद्यार्थीहरु बिजयी भएका छन ।