फेब्रुअरी महिना अायाेडिन महिनाकाे अाज अन्तिम दिन
अमर श्रीवास्तव, बहादुरगंज
फल्गुन १७ । जिल्लाकाे बहादुरगंजमा अाज अायाेडिन नुन प्रयाेग सम्बन्धि जनचेतना र्याली निकालीएकाे छ ।
साल्ट ट्रेडिगं कार्पाेरेसन उपशाखा कृष्णनगरकाे अायाेजना तथा राम गाेरख मावि र जनचेतना युव क्लबकाे सहकार्यमा बिद्यालयदेखि गाैरव चाैकसम्म अायाेडिनकाे प्रयाेग गराैं गलगांडबाट मुक्त बनाै भन्ने नाराका साथ र्याली निकालीएकाे छ
। साल्ट ट्रेडिगंले राम गाेरखा बिद्यालय बहादुरगंजका २५ गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई अायाेडिन सम्बन्धि जनचेतना फैलाउने छाप भएकाे ब्याग पुर्वप्रधान तथा बहादुरगंजका वरिष्ट राजबहादुर सिहकाे हातबाट प्रदान गरेकाे सहजकर्ता विजय अर्यालले बताएका छन । फेब्रुअरी महिना अायाेडिन महिनाकाे अाज अन्तिम दिनमा साे कार्यक्रम गरिएकाे कार्पाेरेसनकाे भनाई छ ।
Facebook Comments Box
