जम्मु कस्मिर खोप लगाउन आह्वान

सेयर गर्नुहोस

भारतको केन्द्र शासित जम्मु कस्मिर प्रशासनले कोभिड १९ को चुनौति सामना गर्न सरकार तयार रहेको भन्दै कोभिडका नियम पालना गर्न र खोप लगाउन नागरिकलाई आह्वान गरेको छ।

जम्मु कस्मिर स्वास्थय सेवा विभागका निर्देशक डा. मुस्ताक अहमदले खोप लगाउन र स्वास्थ्य प्रोटोकल अपनाउन आह्वान गरेका छन्। भारतीय समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा अहमदले भने, ‘हामी यो महामारी सामना गर्न तयार छौँ। हरेक तहमा हाम्रो तयारी छ। अस्पतालमा वार्ड, अक्सिजन, औषधीको पूर्ण बन्दोबस्त छ। अहिले भीडभाडमा नगई अनुशासन कायम गरिदिनुस्, मेरो यत्ति आग्रह छ।’

जम्मु कस्मिरमा ओमिक्रोनसमेत देखिन थालेको भन्दै उनले खोप नलगाएकाहरुले तत्कालै खोप लगाउनुपर्ने पनि बताए। ‘बच्चाहरुले पनि खोप लगाउनु जरुरी छ, ६० वर्ष भन्दा माथिकाहरुले र अग्रमोर्चामा खटिएकाहरुले खोप लगाउनु जरुरी छ। जति सक्दो चाँडो खोप लगाउनुहोस्’ अहमदले भनेका छन्। सरकारले हरेक तहमा तयारी गरेको समेत उनको भनाई छ।

Facebook Comments Box