चिनियाँ ऋण भन्दा एमसिसि अनुदान बेस : संयाेजक मण्डल

काठमाडौं । एमसिसिको अनुदान अस्वीकार गरेर बिदेश ऋणलिन केही नेताहरु आतुर रहेकाे आराेप मधेश नागरिक समाजका संयाेजक गणेश कुमार मण्डलकाे भनाई छ ।
उनी भन्छन – हाम्रो छिमेकी मुलुक श्री लंकामा भरखरै आर्थिक आपतकाल लाग्याे । कारण बुझ्दा त्यसकाे रहस्यमध्ये एक ६ विलियन डलरकाे चिनियाँ ऋण रहेछ। त्यसकाे साँबाब्याज किस्ता तिर्दा बैदेशिक मुद्राको संचिति इतिहासकै न्यून विन्दुमा झर्याे । खाधान्न आयात हुन सकेन, मान्छेले आधा पेट खानु पर्ने भयाे। महिना दिनभित्रै २ लाख काे राेजगार गुम्याे,७ लाख गरिबीकाे रेखामुनि धकेलिए ।अनुदान अस्वीकार गर्ने र भरमार ऋण लिने कथित राष्ट्रवादीले नेपाललाई त्यतै लाँदैछन। ओलीकाे तीन बर्षे शासनकालमा ८ खर्बकाे ऋण १९ खर्ब पुग्याे। अझै अर्थतन्त्र राम्रो छैन। काेराेनाले पर्यटन चाैपट छ। बिप्रेषन घट्दाे छ। बेलैमा साेचाै। अर्थतन्त्र कुनै खेलाचीकाे बिषय नरहेकाे कुरा समाजका संयाेजक मण्डलले आफ्नाे फेसबुक मा लेखेका छन ।
केही दिनदेखि सत्तारुढ दलहरुद्वारा एमसीसी पास गर्ने निरन्तर प्रयास हुँदै आएकाले चिनियाँ ऋण लिनुभन्दा अमेरिकी अनुदान एमसिसि नै लिंदा बेस हुने उनकाे भनाई छ । अहिले एमसिसि अनुदान पास गराउन कांग्रेस लगायतका दलहरु लागि परे त पनि चीनकाे ऋण बढाउन समर्थन गर्ने दलहरुलाई अनुदान लिन किन अप्ठ्यारो लागेकाे हाे भनी संयाेजक मण्डलकाे भनाई अर्थपूर्ण रहेकाे राजनितिक बिश्लेष्क बताउँछन ।
