नेपालमा अन्यदेश भन्दा बढी चिनियाँ कामदारले लिए श्रम इजाजत

सेयर गर्नुहोस


बिबिसी ।
नेपालमा हालसम्म पन्ध्र हजारभन्दा विदेशी कामदारहरूले श्रम स्वीकृति लिएर विभिन्न ठूला आयोजनाहरूदेखि शिक्षणमा पेसासम्म काम गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ।
तीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक रहेको बताइएको छ।

महामारीका बेलामा समेत श्रम स्वीकृति लिने र नवीकरण गर्ने क्रम नरोकिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताएका छन्। सबैभन्दा धेरै श्रम इजाजत लिने देशहरूमा क्रमशः चीन, यूके, अमेरिका, भारत र अस्ट्रेलिया रहेका छन्। हाल कार्यरत ८२९ जना विदेशी कामदारमध्ये सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत आयोजनामा १४९ जना र ह्वासिन सिमेन्टमा ११६ जना रहेको विभागले जनाएको छ।

Facebook Comments Box