एकैदिन ११ मेडिकल कालेज उद्घाटन गर्दै प्रधानमन्त्री माेदी

सेयर गर्नुहोस


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैदिन ११ वटा नयाँ सरकारी मेडिकल कलेज उद्घाटन गर्ने भएका छन्। मोदीले भिडियो सम्मेलनमार्फत् आगामी बुधबार तामिलनाडुमा सो संख्यामा नयाँ सरकारी मेडिकल कलेज उद्घाटन गर्ने भएका हुन्।

हिन्दुस्तान टाइम्सकाअनुसार विद्यार्थीहरुलाई सस्तो र सुलभ मेडिकल शिक्षा उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री मोदीले तामिलनाडु राज्यका विभिन्न स्थानमा नयाँ मेडिकल कलेज उद्घाटन गर्न लागेका हुन्। प्रत्येक कलेजहरु क्रिब १४५० सिट क्षमताका हुने बताइएको छ।

नयाँ कलेजहरु तमिलनाडुको विरुद्धानगर, नामक्क, दी निल्गिरि, तिरुपुर, थिरुभाल्लुर, नागापट्टिनाम, दिनदिगु, कल्लाकुरिची, एरियालुर, रामानाथापुरम र क्रिष्नगिरि क्षेत्रमा नयाँ मेडिकल कलेज स्थापना हुने बताइएको छ।

Facebook Comments Box