१४ बैशाख २०८१, शुक्रबार

भारत द्धारा महाकाली नदीमा पुल र १५ वटा सडक योजनाको निर्माणका लागि ऋण सहयोग

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच भेटवार्ता भएको छ।

आज सिंहदरबारमा भएको भेटमा नेपाल र भारतबीचको लामो ऐतिहासिक एवम् मित्रतापूर्ण सम्बन्ध र दुई पक्षीय सहयोग आदन प्रदानका विषयमा छलफल भएको छ।

नेपालका विभिन्न आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, हुलाकी सडकमा भारतीय सहयोगको प्रतिवद्धता साथै नेपालमा रेल  सेवाको विकास, विस्तार एवं निर्माणाधीन आयोजनाहरु प्रभावकारी रुपमा अगाडि बढाउने आदि विषयमा छलफल भएको छ।


छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुई देशका बीचमा आपसी सम्बन्ध, सद्भाव र पारस्परिक सहयोग कायम गर्दै नेपालको पूर्वाधार विकासमा भारतीय सरकारको तर्फबाट सहयोगको निरन्तरताको अपेक्षा र विश्वास व्यक्त गरे।

दुवै मन्त्रीको उपस्थितिमा महाकाली नदीमा पुल र १५ वटा सडक योजनाको निर्माणका लागि ऋण सहयोग स्वीकृतिको अन्तिम सहमति पत्र हस्तान्तरण गरियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट