एमाले जिल्ला अधिवेशन : २१ जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चुनिए

सेयर गर्नुहोस

 

काठमाडौं । नेकपा (एमाले)ले २१ जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चयन गरेको छ। शुक्रवारबाट सुरु भएको ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म २१ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशको पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाँचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्ष पति, बर्दियामा लालबहादुर श्रेष्ठ, दाङमा हुकुम बहादुर बस्नेत, रुपन्देहीमा तेजेन्द्र केसी र कपिलवस्तुमा डम्बर शर्मा जिल्ला अध्यक्ष चुनिएका छन्।

यसै गरी झापामा दीपक कार्की, मोरङमा ऋषि केश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, सप्तरीमा ताराकान्त चौधरी, धनकुटामा इन्द्रमणी पराजुली, रसुवामा कर्णेल तामाङ, धादिङमा भूमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा, गोरखामा प्रेम गुरुङ, तनहुमा शृप्रसाद श्रेष्ठ, डोल्पामा शेरवहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर अध्यक्ष चुनिएका छन्।

गैर भौगोलिकतर्फ मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ र पेसागत विशेष जिल्ला कमिटीमा उमेश ढकाल अध्यक्ष चनिएका छन्। अधिकांश जिल्लाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

Facebook Comments Box