२५ मंसिर २०८१, मंगलवार

मुस्लिम आयोग को सम्बन्धमा बनेका विधेयक सम्बन्धी आयोगद्धारा सुझाव संकलन गर्दै ।

मो.इमरान खां,
कपिलवस्तु । ब्यावस्थापिका सासदको समाजिक न्याय  तथा मानवअधिकार समितिको आयोजनामा तथा युएनडिपीको सहयोगमा मुस्लिमआयोगको सम्बन्धमा बनेको विधेक २०७३माथी कपिलवस्तु जिल्लाको तौलिहवामा एक समारोह विच सुझाव संकलन गर्न गरिएको छ ।
विभिन्न पाटीका प्रतिनिधिहरु तथामुस्लिम समुदायकाअगुवाहरु विच राखिएको सुझाव संकलन कार्यक्रममा ब्यवस्थापिक संसदका मानवअधिकार समितिका उप समिति संयोजक मोक्तार अहमद माननिय सासद कौशर शाह, बसुन्धरा रोकाया, श्याम सुन्दरटिवडेवाल ,सरवतआरा खान महलुवाइनी,शुसिलकुमार खडका ,अखत्तरकमाल, अकवालशाह,समितिको सचिव रोजनाथ पाण्डे लगाएतको उपस्थिती रहेकोथियो ।
समितिले मुस्लिमआयोग सम्बन्धमा बनेको विधेयक सम्बन्धमा स्थानीय सरोकारवालाविच छलफल गराई सुझावकाअनुसार आयोग गठनका लागी सहयोग हुने समितिका संयोजकमोख्तार अहमद ले जानाकारी गराएकाथिए । जिल्लाका मुस्लिमअगुवाहरुले कपिलवस्तु जिल्लामा ुमुस्लिम समुदायको बाहुल्य रहेकोले आयोगमा कपिलवस्तुवाट प्रतिनिधित्व हुनु पर्ने , आयोगको सदस्य बन्न मान्यता पाप्त विश्वविद्यालयवाट स्नातक उपाधी हासिल गरेको भन्ने विद्येकमा उल्लेख गरिएकोमा इलामिक शिक्षावाट स्नातकहासिल गरेको ब्याक्तिलाई आयोगमा सदस्यको मान्यतादिनु पर्ने ,आयोगको सदस्यबन्न ४५वर्षको हदबन्दी बढी भएकोले ३५ वर्ष बनाउनु पर्ने ,मुस्लिमपहिचानको चिन्हआयोगमा राख्नु पर्ने लगाएतका सुझाव दिएकाथिए ।
कार्यक्रम मानवअधिकार समितिका उपसमिति संयोजक मोक्तार अहमदको अध्यक्षतामा सम्पन्न भएको थियो ।

धेरै कमेन्ट गरिएका