ताइवानलाई मुलुकभन्दा चीनले तिरायो जरिवाना
बेइजिङ । ताइवानलाई मुलुकको रुपमा चिनाउँदा चीनले एक ग्रोसरी स्टोरलाई जरिवाना तिराएको छ। चीनले ७-इलेभेन ग्रोसरी स्टोर कम्पनीलाई करिब ५० हजार युयान अर्थात् ७ हजार ८४२ अमेरिकी डलर बराबरको जरिवाना तिराएको हो।
७-इलेभेनले आफ्नो वेवसाइटमा ताइवानलाई एक मुलुकको रुपमा छुट्याउँदै ताइवानको झण्डाको चिन्ह राखेको थियो। सो कम्पनीले गतल काम गरेको भन्दै चीनको बेइजिङ म्युनिसिपल सरकारले सो कम्पनीलाई ५० हजार युयान जरिवाना तिराएको हो।
सो आरोपमा ७-इलेभेनलाई गएको डिसेम्बरदेखि मुद्दा अघि बढिरहेको थियो। सोही आरोपमा बेइजिङ म्युनिसिपल सरकारले शुक्रबार सजायस्वरुप सो रकम जरिवाना सुनाएको बताइएको छ।
Facebook Comments Box
