लोपोन्मुख जातीको सिप संस्कृति संरक्षणमा राज्यको दायित्वबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न ।।
भुपाल थापा, कपिलबस्तु ।
लोपोन्मुख तथा सिमान्तकृत सूचिकृत जातीहरुका आवश्यकतालाई राज्यले सम्बोधन गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । राउटे उत्थान प्रतिष्ठान नेपालको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा कपिलबस्तुमा लोपोन्मुख जातीको सिप संस्कृति संरक्षणमा राज्यको दायित्वबारे चेतनामुलक कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा कपिलबस्तु क्षेत्र नं. १ का सांसद बलराम अधिकारीले राज्यले लोपोन्मुख तथा सिमान्तकृत समुदायको उत्थानका लागी बिभिन्न अवसरहरु प्रदान गरेको बताउनुभयो । सरकारले भत्ता दिने बाहेक लोपोन्मुख जातिको पक्षमा ठोस र उत्तरदायी जिम्मेवारी बहन गर्न नसकिरहेको बताउनुभयो । राज्यले बैकल्पिक सीपको व्यवस्था गर्नु पर्ने समेत बताउनुभयो । राउटे उत्थान प्रतिष्ठान नेपालका संयोजक सत्यादेवी खड्का अधिकारीले फिरन्ते र घुमन्ते जातिका रुपमा रहेका यी सिमान्तकृत तथा लोपोन्मुख जाति आर्थिक, सामाजिक, राजनीतिक रुपमा अति पछाडि परेकाले उनीहरुको उत्थानका लागी सबैपक्षको पहलकदमी आवश्यक रहेको बताउनुभयो । सफ्याको हिसाबले अल्पङ्ंख्यक रहेको राउटे, कुशबडिया, कुसुण्डा लगायत अधिकाशमा गास, बास, कपासको समस्याले पिरोलिरहको बताउनुभयो । वनका राजा भनेर चिनिने कुसुण्डा जातिलाई सरकारले हरेक क्षेत्रमा प्रतिनिधित्व गराउनु पर्ने कुसुण्डा उत्थान बिकास संघका केन्द्रिय अध्यक्ष धनबहादुर कुसुण्डाले माग गर्नुभयो । संघका जिल्ला अध्यक्ष रामजश कुशवडियाले स्थानीय निकायले लोपोन्मुख तथा सिमात्कृत समुदायको हितमा कुनै कदम चाल्न प्रयास समेत नगरेको बताउनुभयो । राज्यले उक्त समुदायको संरक्षण तथा प्रवद्र्धनमा निर्धारण गरेको सुविधा प्रदान समेत कन्जुस्याइं गरिरहेको तर्क गर्नुभयो । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यादवी खड्का अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कपिलबस्तु क्षेत्र नं. १ का सांसद बलराम अधिकारीको प्रमुख आतिथ्यता, जेष्ठ महिला समाजसेवी गुणादेवी पन्थीको बिशिष्ट आतिथ्यता, कुसवडिया उत्थान संघका केन्द्रिय सचिव नरेश कुशवडिया, आदिवासी जनजाती महासंघका उपाध्यक्ष लेम गुरुङ, नेकपा माओवादी केन्द्रका रामप्रसाद बेल्बासे, लगायतले आआफ्नो मन्तब्य राख्नुभएको थियो । पत्रकार भुपाल थापाको संचालन रहेको कार्यक्रममा राउटे उत्थान प्रतिष्ठानका केन्ऽीय सदस्य प्रेमबहादुर राम्जा मगरको स्वागत मन्तब्य रहेको थियो ।