रेडियो भ्वाइस छैठौा वर्षमा प्रवेश ।।

सेयर गर्नुहोस

–कपिलबस्तुको चन्द्रौटाबाट प्रशारणमा रहेको रेडियो भ्वाइस आजदेखि छैठौा वर्षमा प्रवेश गरेको छ । परिर्वतन सञ्चार गृहबाट सञ्चालित रेडियो भ्वाइस कपिलबस्तुको पश्चिमी क्षेत्रमा रहेको स्थानिय निकाय, मधेस अधिकारका कुरा, महिला सशक्तीकरण जस्ता सामाजिक क्षेत्रमा प्रभाव पार्ने खालका कार्यक्रम समाचार सञ्चालन गरि रेडियोको माध्यमबाट समाजमा रहेका अन्धबिश्वास कुरिती हरु बिरुद्ध आवाजको माध्यमबाट भुमिका खेलिरहेको छ । रेडियो ब्यबस्थापन समितिका अध्यक्ष बलाराम मरासेनिले विज्ञप्ति जारी गर्दै अब चााडै स्रोताहरुलाई नयाा खालका विषयवस्तु दिने हरेक समुलाय र समुह हरुलाइ प्रभाव पार्ने किसिमको कार्यक्रम रेडियोबाट प्रसारण गर्ने बताउनु भएको छ । रेडियो दैनिक १७ घण्टा प्रसारणमा रहेको रेडियो भ्वाइसले आफ्नो उत्पादनमा दिनमा ८ पटक, सीआईएनबाट २ पटक, नेपाल एफएम नेटर्बकबाट ५ पटक र बिबिसी नेपाली सेवागरि गरेक दिन १७ पटक समाचार प्रशारण गरिरहेको छ । रेडियोका स्टेसन म्यानेजर सञ्जिब गहतराजले रेडियोलाई सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गर्दै सम्पुण स्रोताको चाहना अनुसारको कार्यक्रम रेडियो बाट प्रसारण गर्ने र समाचार तथा जानकारीमुलक कार्यक्रममा जोड दिने बताउनुभयो ।