क्यापिटल दङ्गाका लागि ट्रम्प दोषी : राष्ट्रपति बाइडेन

वाशिङ्टन –
अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा त्यस घटनाका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिनुभएको छ ।
बिहीवार बिहान (स्थानीय समय) कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सिटमा भएको आक्रमणका लागि आफ्ना पूर्ववर्तीलाई जिम्मेवार भएको आरोप लगाउनुभएको छ ।
बाइडेनले भन्नुभयो, ‘हाम्रो इतिहासमा पहिलो पटक एक राष्ट्रपतिले चुनाव मात्र हारेका थिएनन् । उनले हिंसात्मक भिड क्यापिटलमा पुग्दा शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण रोक्न प्रयाससमेत गरे तर तिनीहरू असफल भए । यो सम्झनाको दिनमा, हामीले यो सुनिश्चित गर्नुपर्दछ कि यस्तो आक्रमण कहिल्यै नदोहोरियोस् ।’
ट्रम्पको नाम नलिइकन, बाइडेनले आक्रामक रूपमा ट्रम्पमा त्यो दिन के भयो भनेर दोष लगाउनुभयो । बाइडेनले पूर्वराष्ट्रपतिलाई २०२० को चुनावको वरिपरि ‘’झुटको जाल भनेर बुनाएको र अमेरिकी लोकतन्त्रलाई आक्रमण गरेकोमा बोलाएजस्तो अरू कुनै नेताले गरेनन् । बाइडेनले भन्नुभयो, ‘के साँचो र के झुट हो भन्नेबारे हामी पूर्णरूपमा स्पष्ट हुनुपर्दछ, उहाँले भन्नुभयो, जसले सिद्धान्तभन्दा शक्तिलाई महत्त्व दिन्छ, आफ्नो देशको हित र अमेरिकाको हितभन्दा आफ्नो स्वार्थ बढी महत्त्वपूर्ण छ भन्ने देख्छ । चोट लागेको अहङ्कार उसका लागि हाम्रो लोकतन्त्र वा हाम्रो संविधानभन्दा बढी महत्त्वपूर्ण छ । त्यस्ता व्यक्तिबाट यस्ता हर्कत हुन्छन् ।’
ट्रम्पको विरूद्ध बाइडेनले कडा टिप्पणी गर्दै भन्नुभयो, ‘उहाँले हारेको स्वीकार गर्न सक्नुहुन्न । यद्यपि ९३ सिनेटरहरू, उहाँका आफ्नै महान्यायाधिवक्ता, उहाँका आफ्नै उपराष्ट्रपति, गभर्नरहरू र राज्यका अधिकारीहरू सबैले भने– उहाँ हार्नुभयो ।’
