बाबुराम रायमाझी फाल्गुण ७ गते,
कपिल आरोग्य मन्दिर कपिलधामको आयोजनामा शान्तिध्यान केन्द्र आश्रम एवम् कपिलधामको वृहत्तर विकास निर्माण सहयोगार्थ अन्तर्राष्ट्रिय ख्याति प्राप्त विदुषी माता श्री सपना देवी श्रेष्ठ ज्यूको मुखारविन्दुबाट वाचन भएको संगीतमय धार्मिक शिव पुराण धनधान्यञ्चल महायज्ञबाट भक्तजनहरुले कथा श्रवण र भरपुर मनोरञ्जन प्राप्त गर्नुका साथै आध्यात्मिक लाभ लिएका छन् ।भक्तजन तथा दर्शकहरुको दिन प्रतिदिन बाक्लो सहभागिता रहने गरेको छ ।वृहत धार्मिक शिवपुराण महायज्ञमा अरु दिनको तुलनामा भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सातौदिन सम्ममा २० लाख बराबरको रकम शंकलन भएको आर्थिक उप समितिका संयोजक ईन्द्र बहादुर कोइरालाले बताउानु भएको छ । साथै कपिलधाममा दैनिक बिहान ७ वजेदेखी १० वजेसम्म नित्यपूजा, ११ वजेदेखि ४ वजे सम्म दैनिक शिवपुराण कथा प्रवचन र वेलुकी ७ वजेदखि ९ वजेसम्म दैनिक संगितमय भजन हुादै आएको छ शिव पुराण महायज्ञ यही फाल्गुण १ गते शुरु भई १३ गते समापन हुने र महायज्ञ आउन भक्तजनहरुलाई मध्यनजर गर्दै यातायातको समेत प्रवन्ध गरीएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष कुमार मधु वेल्वासे जनाउनु भएको छ ।
3