मोदीले राष्ट्रपतिलाई दिए आफ्नो सुरक्षामा भएको लापरबाहीको जानकारी

सेयर गर्नुहोस

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दबीच छलफल भएको छ । राष्ट्रपति भवनमा राष्ट्रपतिलाई भेट्न मोदी गएका हुन् । सो क्रममा मोदीले पंजाब भ्रमणका क्रममा सुरक्षामा भएको गडबडीप्रति मोदीले जानकारी गराएका छन् ।

कोविन्दले मोदीको सुरक्षामा भएको कमजोरीप्रति चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री एचडी देवेगौडाले मोदीको सुरक्षामा भएको गडबडीलाई दुर्भाग्य भनेका छन् । उनले अतितबाट सिक्नु जरुरी भएको समेत बताएका छन् ।

मोदी बुधबार फिरोजपुरमा चुनावी र्यालीलाई संवोधन गर्न जाने क्रममा करिब आठ किलोमिटर टाढा एक फ्लाईओभरमा उनी करिब २० मिनेट रोकिनु पर्यो । उक्त क्षेत्र पाकिस्तानी सीमादेखि केही किलोमिटरको दूरीमा रहेको छ ।

उनको सुरक्षामा भएको कमजोरीप्रति जाँचका लागि पंजाब सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । सर्वोच्च अदालतले पनि मुद्धा दर्ता गरेको छ । वरिष्ठ अधिवक्ता मनिन्दर सिंहले जाँचको माग गरेका छन् ।

Facebook Comments Box