उइघुर मुस्लिमद्वारा चिनियाँ अधिकारीविरुद्ध अपाराधिक मुद्दा दायर
इस्तानबुल । चीनको जातीय समूह उइघुर मुस्लिमले चिनियाँ अधिकारीविरुद्ध अपराधिक मुद्दा दायर गरेका छन्। सो समूहका १९ सदस्यले टर्कीका अधिवक्तासमक्ष चिनियाँ अधिकारीविरुद्ध अपराधिक मुद्दा दायर गराएका हुन्।
सो समूहले टर्कीको इस्तानबुल चिफ प्रोजिक्युटर्स कार्यालयसमक्ष सो मुद्दा दायर गरेका हुन्। चिनियाँ अधिकारीहरुले आफूहरुमाथि यातना दिएको, बलत्कार गरेको र मानवियताविरुद्ध अपराध गरेको
समूहको आरोप छ।
उइघुरहरुले आफ्नो हकका लागि लड्न जरुरी रहेको अधिवक्ता गुल्डेन सोन्मेजले बताएका छन्। उनले भनेका छन्, ‘उइघुरहरुले यो कदम चाल्नैपर्ने थियो। किनकि अन्तर्राष्ट्रिय निकायहरुले चिनियाँ अधिकारीहरुले उइघुरविरुद्ध गरेको गतिविधिविरुद्ध अहिलेसम्म कुनै चाल चलेका छैनन्।’
करिब ५० उइघुरहरुले टर्कीका मुस्लिमहरुसँग धार्मीक, जातीय र भाषा साट्दै आएका छन्। चीन सरकारले लामोसमयदेखि चीनका उइघुरविरुद्ध ज्यादति गर्दै आएको बताइन्छ।
