यस कारण एमाले कपिलवस्तुको उप-सचिवमा विकास आचार्यको प्रबल सम्भावना

सेयर गर्नुहोस

 

कपिलवस्तु । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कपिलवस्तुका हस्ती मानिने युवा नेता गोबिन्द राज आचार्यले नेकपा एमाले कपिलवस्तुको नवौ जिल्ला अधिवेशनमा जिल्ला उप-सचिब पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । २०४७ सालमा जन्मनु भएका कपिलवस्तुका युवा नेता तथा बुद्धभुमी नगरपालिका वडा ३ का निर्वाचित वडा अध्यक्ष बिकास आचार्य बिगत २० बर्ष देखि पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु बाट आफ्नो राजनीति सुरु गर्नुभएको हो । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिका हार्ड्लाइन गोबिन्द राज आचार्य (बिकास) कपिलवस्तुका चर्चित जनप्रतिनिधि पनि हुनुहुन्छ । २०६२/६३ को जनआन्दोलनमा नेकपा माओवादीका कार्यकर्ताले करिब एक हप्ता बन्दी बनाएर दिइएको यातना का बापजुत पनि बरु मर्न तयार छु नेकपा एमाले पार्टी त्याग्न सक्दैन भनि यातना खेप्नुभएका बिकास सानै उमेर देखि पार्टी र विद्यार्थी राजनीतिमा सक्रिय रहनु भएको छ ।

नेकपा एमाले कपिलवस्तुका युवा नेता गोबिन्द प्रसाद आचार्य (बिकास) को राजनैतिक यात्रा :

संक्षिप्त राजनैतिक यात्रा

  • बि.स.२०५९ मा नेपाल राष्ट्रिय माबी रनगाई अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष – बि.स. २०६४ मा सिद्धार्थ स्मारक उच्च मा बि भेलाई अनेरास्ववियु उच्च मा. बि कमिटी अध्यक्ष
  • बि.स. २०६६ मा गौतमबुद्ध बहुमुखी क्याम्पस गोरुसिङे क्याम्पस कमिटी अध्यक्ष
  • बि.स. २०६७ अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी सदस्य
  • बि.स.२०६८-२०७१ अनेरास्ववियु जिल्ला कमिटी सचीव
  • बि.स. २०७२-२०७५ अनेरास्ववियु कपिलवस्तु जिल्ला अध्यक्ष
  • बि.स.२०७२/७३ नेकपा एमाले बुद्धबाटिका नगरकमिटी उपसचिव
  • बि.स. २०७५ नेकपा एमाले जिल्ला कमिटी सदस्य
  • बि.स.२०७७ नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य
  • बि.स.२०७८ राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य
  • बि.स. २०७४ देखि बुद्धभुमी ३ को निर्वाचित वडा अध्यक्ष

युवा नेता गोबिन्द प्रसाद आचार्य (बिकास) ले जिल्ला उप-सचिब पदमा उम्मेद्वारी दिएसंगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् भने उप-सचिव हुने प्रबल सम्भावना रहेको कार्यकताहरु बताउँछन् ।

लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका कार्कीले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न उप- सचिवमा उम्मेद्वारी रहेको बताउनु भयो ।

Facebook Comments Box