कपिलवस्तुमा अनेरास्ववियुले नियम विपरित सिम बाड्दै, भोट माग्दै ।।

सेयर गर्नुहोस
 सनिउल्ला धोबी, कपिलवस्तु ।  कपिलवस्तु बाणगंगा बुङचीमा रहेको सिद्धार्थ क्याम्पसमा नेकपा एमाले निकट बिद्यार्थी सगंठनले भोट अनेरास्यबियुलाई भन्दै सिम सित्तैमा बडेर प्रचार प्रसार गरिरहेको छ ।
  स्वबियु निर्वाचन नजिकिएसगै आचार सहिंता विपरित अनेरास्यबियुले बिद्यार्थीहरुलाई सिम कार्ड बितरण गरेको छ । क्याम्पसको अगाडीनै यसरी निशुल्क सिम कार्ड बितरण गर्दा क्याम्पसको निर्वाचन समितिले केही नबोलेको अन्य बिद्यार्थी सगंठनका बिद्यार्थी नेताहरुले आरोप लगाएका छन । यसरी निशुल्क सिम बाढदा निर्वाचन समिति मौन हुदा शंका समेत उब्जीएको उनीहरुले बताएका छन । अनेरास्यबियु सगंठनका बिद्यार्थीलाई मात्र यसरी चुनावी प्रयोजनका लागी सिम बितरण गरीएको र यस बिषयमा सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाउने विद्यार्थीहरुले बताएका छन । आफु सिम लिन जादा तिमि अनेरास्यबियुको नभएको भन्दै आफुलाई सिम नदिएको बिद्यार्थी आशीष शर्माले बताए । सिम दिदा एक सिम एक भोट भन्दै प्रचार गरेको सिम लिएका सुधन पौडेले बताए । क्याम्पस अगाडी प्रतिक्षालयबाट सिमकार्ड बाढिनु कत्तिको जायज छ साथै दुरसञ्चार माध्ययम प्रति पनि जिम्मेवारीका बिषयमा कुरा उठाउन आवश्यक रहेको उनीहरुले बताएका छन । यसरी प्रतिक्षालयबाट सिम कार्ड बाढिदा सुरक्षाका दृष्टीले पनि ठीक नरहेको उनीहरुको ठम्माई रहेको छ । बिद्यार्थी नेताहरुलेनै प्रतिक्षालयमा बसेर आफै फर्म भरी सिम कार्ड बितरण गरेका छन । हालसम्म करिव त्यसरी दुई सय बढि सिम बितरण गरी सकिएको बताइएको छ ।
Facebook Comments Box