२९ असार २०८१, शुक्रबार

कपिलबस्तुकाे उखु लुम्बिनी चीनी मिलले लिने ।।

अंकुश श्रीवास्तव ,कपिलबस्तु । जिल्लामा रहेकाे महालक्ष्मी सुगर्स बन्द भएपछि किसानहरुकाे उखु नवलपरासी स्थित लुम्बिनी सुगर फ्याक्ट्रीले लिने भएकाे छ ।

उखुकाे अभाव देखाएर जिल्लाकाे जवाभारीमा रहेकाे पश्चिम नेपाल कै ठुलाे चिनी मिल सर्लाही सर्न लागेका कारण उखु किसानहरु सशंकित बनेका थिए । कपिलबस्तु किसान संघका जिल्ला अध्यक्षकाे पहलमा लुम्बनी सुगर फ्याक्ट्रीका प्रबन्ध निर्देशक मनिष अग्रवालले अाज जिल्लाका किसानहरु बीच गरिएकाे छलफलमा सरकार द्वारा निर्धारित मुल्यमा किसानका उखु कांटा गराई किनेर फ्याक्ट्रीसम्म लग्ने प्रतिव्द्धता गरेका छन । प्रबन्धक अग्रवालले किसानकाे उखु तैयारी अवस्थामा रहेकाे छ तथा सरकारले मूल्य निर्धारण गर्न ढिलाई गरेकाे अवस्थामा पनि किसानसंग समन्वय गरि रकम भुक्तानी गरिने बताएका छन साथै किसानहरुकाे समास्या बुझन र समाधानका लागि सम्पर्क कार्यालयकाे स्थापना पनि गर्ने भएकाे छ।

कार्यक्रमका विशिष्ट अतिथि तथा कपिलबस्तु किसान संघका पुर्व अध्यक्ष देव कुमार भारतीले पुर्वघटना क्रमलाई अवगत गराउदै भने कि महालक्ष्मी सुगर फ्याक्ट्रीका प्रबन्ध निर्देशक विरेन्द्र कुमार कानाेडियाले किसानहरु उखु रकम समयमा भुक्तानी नगरेका कारण कर्जले डुबेका किसानहरु उखु खेती सम्म गर्ने नसकेकाेले नै यस क्षेत्रमा उखु अाभाव देखिएकाे छ तर समयमा भुक्तानी लुम्बिनी सुगर मिलले गर्याे भने उखु उत्पादन बढ्न सक्छ । वहांले कानाेडिया व्यावसायका साथ साथै राजनिति पनि गर्छन जसले गर्दा चुनावकाे हारकाे रिस असहाय किसान माथि पाेखने गरेका छन ।

कार्यक्रममा किसान संघका पदाधिकारी लगायत २०० बढी किसानकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट