विजयनगरमा प्रथम पालिका स्तरीय माघी(खिचडी )महोत्सव हुने
अनिल थारु,कपिलवस्तु । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष कपिलवस्तुको विजयनगर गाउँपालिका वार्ड न.१ नेवलागन्जमा प्रथम पालिका स्तरीय माघी(खिचडी) महोत्सव हुने भएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउँन सफल यस थारु समुदायको महान पर्व माघी लाई निरन्तरता दिदै प्रथम माघी मिलन महोत्सवका संयोजक कृपाल चौधरीले बताउनु भयो । उनले थारु समुदायको नव बर्ष माघीलाई निरन्तरता दिदै माघ ३,४ गते प्रथम माघी मिलन महोत्सव विजयनगर –१ नेवलागन्जमा मनाउने भएको छ
त्यस्तै नगरस्तरीय माघी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । शुक्रबार विजयनगर गा.पा अध्यक्ष गोपाल बहादुर थापा,उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी , थारु कल्याणकारी सभा केन्द्रिय सदस्य जन्जिर प्रसाद थारु, थारु कल्याणकारी सभा जिल्ला सभापति उमाशन्कर चौधरी,सचीव जगदेव थारु,थारु कल्याणकारी शिवराजनगर उपासभपती सुमन चौधरी , समाजसेवी, बुद्धिजिवी, पत्रकार, लगायतको बृहत भेलाले थारु कल्यणकारी विजयनगर सभापति कृपाल थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । भने १० वटा विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसको आर्थिक र सचिवालय व्यवस्थापन समितिको संयोजकमा हरिनारायण चौधरी थारु रहनु भएको छ । भने माघी संस्कृति व्यवस्थापन समितिका संयोजकमा दिलिप कुमार चौधरी , प्रचार प्रसार संयोजक अनिल थारु , मंञ्ज व्यवस्थापन समिती संयोजक राज नारायण चौधरी, भान्सा व्यवस्थापन समितिको संयोजकमा प्रदेशनी थारु, झाँकी व्यवस्थापन समिती संयोजक कल्लु थारु, अथिति सत्कार समितिको संयोजकमा सल्याणी थारु, स्वंयसेवक तथा सुरक्षा व्यवस्थापन समितिको संयोजकमा रमेश चन्द चौधरी, पार्किङ्ग व्यवस्थापन समितिमा दिनेश थारु, सचीवलाय समिती संयोजक कृपाल थारु लगायत समितिमा रहनु भएको छ ।